काठमाडाैं,२७ असार
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत १ जना प्रहरी जवानलाई हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको छ। प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भन्दै भिडियो बाहिरिएको हो ।
जवान रायलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप छ । इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।
सो क्रममा इन्स्पेक्टर राईले अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ।








