काठमाडाैं,२७ असार

प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पाैडेललाइ काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि हालसम्म १७ जना पक्राउ गरेको छ ।

यस प्रकरणमा समरजंग कम्पनीका तीन जना कर्मचारीलाई पक्राउ गरिएको छ ।