काठमाडौं,२८ असार

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१, नेटा सिम्लेकी टीका बलाल रहेकी छन्।

बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी र उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।