काठमाडौं,२९ असार

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छन् ।

बिहीवार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरालाई बाघले आक्रमण गरेको हो।

आक्रमणबाट घाइते भएकी डरौंराको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरा लगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।