काठमाडौं,२९ असार

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।

विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् ।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।