काठमाडाैं, १ साउन
काठमाडाैं उपत्यका फाेहाेर विसर्जनमा फेरि अवरोध गरिएको छ ।
साेमबार नुवाकोट र धादिङका स्थानीयले फाेहाेर बाेकेर गएका बन्चरेडाँडास्थित ल्यान्डफिल साइटतर्फ गएका ५० वटा गाडी फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।
विभिन्न माग राखेर एक वर्षअघि संघर्षरत स्थानीयसँग सरकार र काठमाडौं महानगरपालिले सम्झौता गरेका थिए । एक वर्ष गुज्रिसक्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले पुनः फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् ।
सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दासँग गरेको थियो ।
स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक-पटक झुक्याइएको आरोप लगाएका छन् ।








