काठमाडाैं, ३ साउन
पाँचथरकाे सदरमुकाम फिदिम बजार नजिकै टेम्पाे दुर्घट्ना हुँदा एक जनाकाे ज्यान गएकाे छ। दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला कार्यालय पाँचथरका अनुसार सिवाबाट फिदिमतर्फ आँउदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो बुधबार बिहान साढे ९ फिदिम नगरपालिका १ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा फिदिम ६ की वसन्ती लिम्बू, फिदिम ६ का सन्देश लिम्बू, फिदिम ७ का कुशल लिम्बू र चालक दीपक लिम्बू घाइते भएका छन् । उनीहरुको फिदिमस्थित समर्पित अस्पताला उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।








