काठमाडाैं, ३ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन्। आज ( बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। प्रचण्ड साउन ६ गते इटाली जाने तयारी थालेका छन्।