काठमाडाैं,३ साउन

काठमाडौँको सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको छ ।

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको हो । साे स्थानमा शंकास्पद वस्तु राखेको आरोपमा तत्कालै एक युवकलाई पक्राउ गरिएको छ।

त्यहाँ भेटिएको एक पर्चामा लेखिएको थियो, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला। संयोजक सफल।’