काठमाडौं,४ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति बरामद भएको अवैध सुन तस्करी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बरामद भएको १०० किलो बढी सुन प्रकरणमा एक जना चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरिएको हो।
बरामद भएको सुनको मालिकमध्ये उनी एक भएको प्रहरीले आशंका गरेको छ।