काठमाडाैं,७ साउन

बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागका तत्कालिन कर्मचारी अरूणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएकाे छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीले उनलाई जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो ।

अमिन हुँदा सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको उनीमाथि आरोप छ । योसँगै सरकारी जग्गा हिनामिना प्रक्ररणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।