काठमाडाैं,८ साउन

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्ने भएका छन्। उनीहरूबीच आज (सोमबार) द्विपक्षीय भेटवार्ता हुने भएको हो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावासले जनाएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा त्यहाँ रहेका नेपालीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले खाद्य प्रणाली रूपान्तरण( सफलता, चुनौती र आगामी यात्रासम्बन्धी कार्यक्रममा भाग लिन शनिबार इटाली पुगेका छन् ।