काठमाडाैं,८ साउन

अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्।

बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी गरे।

उँहाले हिजाे आइताबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेकाे माैद्रिक नितिमा बैंकहरूकाे ब्याजदर खुकुलाे बनाइएकाले लगानीकर्ता उत्साहित हुने र निजी क्षेत्रमा पुँजी प्रवाह बढ्ने दाबी गरे।

उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको बताए।