काठमाडाैं,११ साउन
कास्कीमा क्यानोनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाेखरा महानगरपालीका वडा नं. २६ बढिबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारी रहेकी छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर भण्डारीकाे मृत्युकाे भएकाे हाे।
उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा डाक्टरले बुधबार अपराह्न ४ बजेर ५० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।








