काठमाडौं । सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजक पदमा डा. असिम भण्डारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड क बमोजिम मनोनयन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।