बिहे गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या

काठमाडौं । धनुषामा एक युवतीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका-३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका-८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।
राम ललित र रेखाबीच करिब ४/५ वर्षदेखि प्रेमसम्बन्धमा रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन् । तर, घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।
राम ललितले भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । बिहे तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
रामललितले रेखालाई भेटघाटका लागि बोलाइ साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डीएसपी सिंहले बताए ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
माघ ९ गते २०८२
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
माघ ९ गते २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
माघ ९ गते २०८२
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्तासँगै तीनजना मैदानमा
माघ ९ गते २०८२
दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
माघ ९ गते २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
माघ ९ गते २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
माघ ९ गते २०८२
