टोखामा ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो । दुर्गा प्रसाइ

समाचार शेयर गर्नुहोस्

काठमाडौं ।

राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यसायी दुर्गा प्रसाईले साेमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दावी गरेका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दावी गरे । उनले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।

आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटकपटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।

उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको