प्रसाई रिहाईका लागि चितवनमा र्याली, प्रधानमन्त्री लाई केरा कोसेली

समाचार शेयर गर्नुहोस्

चितवन, भरतपुर

चितवनमा दुर्गा प्रसाईको राष्ट्र,राष्ट्रयता,धर्म,सस्कृति र नागरिक बचाउ महाअभियान नारायणी अन्चलले प्रधानमन्त्री लाई चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत केरा पठाएको छ। प्रधानमन्त्री ले धेरै काम गरेको थकाइ लागेको हुनसक्ने बसेर केरा खानुहोस् स्वास्थ्य बनाउनुहोस भन्दै साङ्केतिक रुपमा सिडियो कार्यालय मार्फत प्रधानमन्त्री लाई केरा पठाइएको उक्त कार्यक्रमका संयोजक मेगराज पौडेल ले बताए ।

दुर्गा प्रसाई रिहा गर, बैकिंग ज्यादति बन्द गर, गणतन्त्र खारेज गर लगायतका नारा सहित हाकिम चोक बाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यलय मा पुगेर ज्ञापन पत्र बुझाएपछि सकिएको थियो । उक्त कार्यक्रममा सयौ बैङ्क तथा बित्तिय ज्यादती मा परेका नागरिक हरुको उपस्थिती रहेको थियो भने नागरिक बचाउ महाअभियान कै केन्द्रिय महिला संयोजक बिष्णु बोहरा, नारायणी अञ्चल र जनकपुर अन्चल इन्चार्ज बिजय थापा, यातायात क्षेत्रमा जानकार तथा अभियान्ता निरध्वज खड्का लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।