काठमाडौं

साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँले सफाइ पाएका छन् । बिबादित रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँले सफाइ पाएका हुन् ।

काठमाडौं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो । प्रसाईँसँगै पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले समेत सफाइ पाएका छन् ।

व्यक्तिगत चरित्रहत्या हुने किसिमले अभिव्यक्ति दिएको भन्दै रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाले अभिव्यक्ति दिने दुर्गा प्रसाद प्रसाईँ र प्रसारण गर्ने पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर क्राइमको अपराधमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा साइबर ब्युरोले गत असोज ६ गते प्रसाईँलाई पक्राउ गरी असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

असोज १५ गते बयान भई थुनछेक हुँदा प्रसाईँसँग धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसपछि धरौटी बुझाएर रिहा भएका प्रसाईँको मुद्दा गत असार ३२ गते न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले सफाइ दिएको हो ।

“आफूहरु बिरुद्ध परिचालित र पूर्वाग्रही तवरले प्रतिशोध साधेर मानमर्दन गरिएको बताउँदै क्षतिपूर्तिका लागि न्यायालय धाउनॆ पत्रकार दाहालले बताएका छन्।”

बुलन्द संचार संगको कुराकानीमा उनले भनेका छन् । ” पत्रकार माथि झुठा मुद्दा थोपरेर प्रताडित बनाउने ज्वाला जस्ता अराजक कु-पात्रलाई सवक सिकाउन कुन मुद्दा हाल्न सकिन्छ भन्ने बिषयमा कानुन ब्यबसायी संग छलफल गरेको छु। परिचालित भएर पत्रकार माथि झुठा मुद्दा हाल्नेलाई सवक सिकाएको नजिर स्थापित गरि छाड्ने समेत बताए। जसले गर्दा आगामी दिनमा ज्वाला जस्ता अराजकले राम्रो पाठ पढुन भन्ने इच्छा भएको बताए ”

ज्वाला संग्रौलाको बिगत निकै बिबादित छ। राजनैतिक र सामाजिक सतहमा बिबादित रहेकी ज्वाला अहिले रास्वपाकी नेतृका रुपमा परिचित छिन्।