धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राख्नुभएको थियो । उहाँले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गर्नुभएको बताउनुभयो ।अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बँैकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
तीन महिनामा कर्जा प्रवाह भएन

दिब्य पाना
श्रावण ५ गते २०७८
3:22 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
माघ ९ गते २०८२
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
माघ ९ गते २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
माघ ९ गते २०८२
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्तासँगै तीनजना मैदानमा
माघ ९ गते २०८२
दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
माघ ९ गते २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
माघ ९ गते २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
माघ ९ गते २०८२