शुक्रबार,भाद्र १०,२०७९लमजुङ : लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका-१ उदिपुर सडकखण्डमा यस वर्ष वर्खा लाग्ने बितिक्कै असार पहिलो हप्ता वर्षाले सडकलाई पहिरोले बगाएको थियो ।

अहिले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि बुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो र अहिले उक्त ट्रयाक समेत पुरै सडकलाई नै पहिरोले बगायो ।