आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुनुहुन्छ । पच्चीस वर्ष कमलरी जीवन बिताउनुभएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत हुनुभयो । उहाँले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उहाँको प्रतिबद्धता छ ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिनुभएको छ । दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा हुनुहुन्छ । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ