भरतपुर । आज बिहीबार दिउँसो ३ बजे नारायणी नदीकिनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको विशाल चुनावी आमसभामा सहभागी हुने भएको छ ।
आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अन्य वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । सभामा देशका थुप्रै जिल्लाबाट युवा सरिक हुने बताइएको छ








