काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन
उनले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए ।
२०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए।