नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परीणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्। झापामा आयोजित कार्यक्रममा निर्वाचनको परिणाम सुःखद नभएको बताए।

ओलीले अब यही अवस्थामा मिलीजुली सरकार बन्ने अवस्था रहेको बताए। ओलीले भने, ‘भवितव्यले संसदमा पुगेपनि आफ्नो मूल्य राम्रैसँग राख्ने भयो। राजनीति जनताका समस्यामाभन्दा अब १-२ महिना सरकार गठनको खेलमा बित्ने भयो। जो मन्त्रीले जस्तो बोलोस कारबाही हुँदैन। सरकार टिकाउनुपर्‍यो। त्यसैले पनि सरकार अस्थिरतातर्फ जाने खतरा देखिन्छ।