नेपाली काँङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चितवनको लज्जास्पद नतिजा आउनुको पछाडि केन्द्र दोषी रहेको बताएका छन्।

नेपाली काँङ्ग्रेसको केन्द्रिय समितिले सहि तरिकाबाट टिकट बितरण नगर्दा चितवनको नतिजा निकै दुख लाग्दो आएको समेत प्रष्ट पारे। कार्यकर्ता भेटघाटका क्रममा बिहीबार चितवन आएका नेता पौडेलले चितवन काँङ्ग्रेस माथी केन्द्रले सधै थिचोमिचो गरिरहेको समेत जिकिर गरे।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेपछि मात्रै गठ्बन्धनको सरकार बन्नेमा आफू विश्वस्त समेत रहेको बताए। गठबन्धन कै सरकार बन्छ, नेता पौडेलले भने त्यसको नेतृत्व पनि म आफैले गर्छु।

नेपालको राजनीतिमा मैले गरेको लगानी र त्यागको उच्च मुल्यांकन गर्दै देशले मेरो नेतृत्वको सरकार खोजिरहेको छ नेता पौडेलले भने, गठबन्धनको सरकारमा अब मेरो विकल्प छैन। फरक प्रसगमा उहाँले पार्टी भित्र आत्मसमीक्षा गर्नु पर्ने समय आएको भन्दै काङ्ग्रेस समालिन आबश्यक रहेको टिप्पणी गरे।

काँङ्ग्रेस भित्र आफुले गल्ती गर्ने चलन छ तर आत्मा आलोचना गर्ने चलन नहुँदा आज यो अवस्था आएको हो नेता पौडेलको भनाइ रहेको छ।