दोलखाबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई ३१७ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। कार्कीले ३६ हजार ७९९ मत पाए भने एमालेका शिवाकोटीले ३६ हजार ४८२  मत पाएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

त्यस्तै, दोलखा १ ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले र ‘ख’बाट एमालेका उम्मेदवार भरतबहादुर केसी बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।https://www.himalkhabar.com/news/133381