नुवाकोटको विदुर नगरपालिका–१० भैसेमा दुई बस ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।

तिरतिरेभीरमा बा४ख ८८२ नम्बरको रसुवाको बेत्रावतीबाट आएको बस बस मोडदै गर्दा बेत्रावतीतर्फबाटै आएको अर्को प्रदेश ३ को ०१००५ ख ९३५४ नम्बरको बसले ठक्कर दिँदा यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी रुपक खड्काले जानकारी दिए ।

घाइते भएका यात्रुलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।