ट्याक्टर दुर्घटना हुदाँ सोमवार एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालीका २ खाकाबेसीमा ट्याक्टर दुर्घटना हुदाँ भुमिकास्थान नगरपालिका वडा नम्वर २ निवासी ३५ वर्षका चालक ठाकुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय खोलाबाट बालुवा लिएर गएको लु ४ त १२२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।