काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ को चलाल गणेशस्थानमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार तीमध्ये ७ जना एउटै वडाका छन् ।मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ,५० वर्षीय अंकुर तामाङ,४३ वर्षीया हेमा तामाङ,१० वर्षीय पुष्कर तामाङ,२५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ का हुन् ।मृतकमध्ये १३ जनाको पहिचान भएको बताइन्छ।
अन्य,मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ,२८ वर्षीया गीता श्रेष्ठ,मण्डनदेउपुर नगरपालिका १ की ३७ वर्षीया जेली तामाङ,धुलिखेल ११ का ३० वर्षीय बुध्द तामाङ र बेथानचोक ५ का ३२ वर्षीय मञ्जु तामाङ छन् ।बस चालक ललितपुरको महांकाल- ४ घर भई हाल पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ ।मृतकमध्ये ४ जनाको नाम नखुलेको प्रहरी प्रमुख जोशीले जानकारी दिनुभयो ।







