राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले विज्ञ टोली गठन गरेको छ । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।

राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण प्रक्रियालाई सहज र सुलभ बनाउन गृह मन्त्रालयले सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको जनाएको छ ।

टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ ।