राहदानी विभागले  सिस्टममा समस्या आएको भन्दै राहदानी वितरणको काम अवरुद्ध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै पुस १७ गतेदेखि सिस्टममा समस्या आएकोले राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।
यो समस्या समाधानका लागि निरन्तर लागिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने विभागले सूचनामा उल्लेख गरेको छ । पछिल्लो समय राहदानीका लागि फारम बुझाउने र राहदानी लिनका लागि विभागमा सर्वसाधारणको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो । भीड कम गराउन जनगुनासो बढेपछि प्रधामन्त्री र गृहमन्त्रीले निर्देशन दिईसकेका छन् ।