सुगम जिल्लाका रुपमा परिचित भए पनि पुर्बी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुुली नपुुग्दा समस्यामा रहेका नागरिक अब विजुली पुग्ने भएपछि खुशी भएका छन् ।
जिल्लाको तीन गाउँपालिका हुुप्सेकोट, बुुलिगंटार र बौदीकालीका १३ वडा अझै पनि अन्धकार छ । यो बर्षभित्र नेपाल बिद्युत प्राधीकरणको राष्ट्रिय प्रसारण लग्ने काम दुु्रत गतिमा भइरहेको कावासोती बिद्युुत प्राधिकरणका निमित्त प्रमुुख निश्चल अधिकारीले बताउनुुभयो ।
राष्ट्रिय प्रसारणबाट बिमुुख हुुँदा अन्धकार्मा नै बस्नुपर्ने बाध्यताबाट यो बर्ष यहाँका करिब ५० हजार जनता लाभन्बित हुुने अधिकारीले बताउनुुभयो । हुुप्सेकोट, बुुलिगंटार र बौदीकाली तीन गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय बिद्युुतको पहुुँचबाट पुुरै बिमुुख छन् ।
राष्ट्रिय प्रसारणको बिजुुली गाउँसम्म लग्न बिजुुलीको पोल गाडने काम भैरहेको प्राधिकरणको भनाइ छ । “केही ठाउँमा ट्रान्समिटर जडानको काम भइरहेको छ, अब चाँडै नै बिजुुली बाल्ने र उज्यालो नवलपुुर अभियान सफल पार्न काम अगाडि बढेको छ” नेपाल बिद्युुत प्राधीकरण कावासोतीका निमित्त प्रमुुख अधिकारीले भन्नुभयो ।
अहिले बुुलिगंटार, बौंदीकाली र हुुप्सेकोटका १३ वडामा बिद्युुत सेबा लग्नेगरी यो बर्षभित्र नवलपुुरका बाँकी बिजुुली नपुुगेका सबै वडासहित ९२ वडामा नै बिजुुली लगेर नवलपुुर जिल्ला राष्ट्रिय प्रसारणसँग जोडिने निमित्त पमुुख अधिकारीले बताउनुुभयो ।
लघु जलबिद्युतमार्फत जेनतेन बिजुली बालेर जीबन बिताउन बाध्य त्यहाँका जनता अब भने चाँडै नै केन्द्रीय बिद्युत प्रसारणसँग प्रत्यक्ष जोडिने स्थानीय बुुलिगंटारका भबिलाल रानामगरले बताउनुुभयो ।यहाँबाट ३३ केभी लाइन विस्तार गरी जिल्लाको पहाडी तीन गाउँपालिकामा बिद्युत बिस्तार गरिनेगरी प्रक्रिया अघि बढेपछि बुलिगंटार र बौंदीकाली र हुुप्सेकोट गाउँपालिकाका स्थानीय जनता लाभन्बित हुने अध्यक्ष ओझाले बताउनुभयो ।
आयोजना बिस्तार भएपछि तीन गाउँपालिकाका झण्डै ५० हजारले लाभ लिने आयोजनाले जनाएको छ । देबचुलीको प्रगतिनगर सबस्टेसनबाट मुडाबास, मुन्ड़े हुँदै बोझा पोखरीसम्म सो लाइन विस्तार अघि बढेपछि पहाडी तीन गाउँपालिकामा नै बिद्युुतको काम अघि बढेको छ ।