पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम आक्रमणमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ । प्रहरीकै परिसरमा रहेको मस्जिदमा बम विष्फोट हुँदा थप १ सय ५७ जना घाइते भएको सरकारी अधिकारीहरूलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मुहमद असिमले पनि ५९ जनाको मृत्यु भएको तथा १ सय ५७ जना घाइते भएको पुष्टी गरेका छन् ।