नेकपा एमालेको भ्रातृ संगठन नेपाल स्वतन्त्र विद्यार्थी युनिययन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३औं राष्ट्रिय महाधिवेशनअन्तर्गत गएराति भएको मतदानबाट बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।
काभ्रेको रोसी गाउँपालिकाका बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् ।
यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।
अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए ।