काठमाण्डाैँ,

फरक भएकी महिलामाथि जबरजस्ती गरेकाे  आशंकामा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे पाइन्छ।

भक्तपुरकाे चागुनारायण नगरपालिका ७ का २४ वर्षीय राज लामिछानेलाइ पक्राउ गरेकाे कुरा प्रहरीले जनाएकाे छ। चागुनारायण–५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो

यसै गरी ती युवती राति १० बजकाे समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी भन्ने कुरा प्रहरी अनुसन्धानबाट खुलेकाे छ।यस्तेै घटना पछि फरार रहेकाे लामिछानेलाइ  सिसिटिभि फुटेजकाे  आधारमा पक्राउ गरिएकाे भन्दै प्रहरीले जनाएकाे छ।

बाथरूममा अचेत अवस्थामा फेला परेकाे र ती युवती बाेल्न नसक्ने फरक क्षमताकी छिन। त्यस्ताे अवस्थामा नाम थर खुल्न नसकि उनकाे उद्दार गरी भत्तपुर अस्पतालमा उपचारकाे लागि पठाइएकाे पाइन्छ।

ति युवतीमाथी जबरजस्ती करण हुन सक्ने अशंकामा याैनजन्य स्वास्य परिक्षणका लागि अस्पताल पठाएकाे कुरा प्रहरीले जानकारी देिएकाे छ र यसै गरी गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण ५,बस्ने वर्ष ४१ काे राजकुमार गिरीलाइ पनि पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ।