काठमाण्डाैँ,
नेपाल राष्ट बैकंले पछिल्ला दिन आर्थिक कारोबार बढ्न थालेको संकेत गरेकाे पाइन्छ।माघसम्मको तथ्यांक सार्वजनिक गर्दै आर्थिक गतिविधि सामान्य बढेको कुरा राष्ट्र बैकँले जनाएका छन्। यसै गरी दशैँपछि घट्न थालेको नगद कारोबार माघमा केही सुधार देखिएको र पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तिको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको छ।
दशैंताका अर्थात असोजमा यस्तो नोट ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ चलनचल्तिमा थियो। त्यसपछि क्रमश घटेर ६ खर्ब एक करोडमा आएको थियो।
बजारमा माग घटेको र बिक्री भएको सामानको पनि पैसा नउठ्ने समस्या बढेको देखिन्छ।। तरलता अभावसँगै बढेको ब्याजका कारण महँगी बढेको छ। अर्कोतिर डलरसँगै पेट्रोलियमको भाउ पनि बढेको छ र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि पनि घटेर आन्तरिक बजार प्रभावित भइरहेको पाइन्छ।








