काठमाण्डाैँ,

फागुन १५ , टर्किमा फेरि पनि भुकम्प गएकाे छ।  अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले  टर्किकाे मलताया प्रान्तमा ५.६ म्यग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेकाे देखिन्छ।

टर्किमा गत फेब्रवरी ६  मा गएकाे भुकम्पले सिरियासम्म असर परेकाे थियाे। त्यस्तै दुबै देशमा गरेर ५० हजारभन्दा बढीकाे मृत्यु हुदाँ हजाराैँ घाइते भएका थिए। लाखाैँ मानिसहरू भुकम्पका कारण विस्तापित भएकाे देखिन्छ।

यसै गरी युद्धग्रस्त सिरिया पनि भूकम्पका कारण धेरै प्रभावित भएको छ।

आज साेमबार गएको नयाँ भूकम्पका कारण पनि केही घरहरु ढलेका छन्। आज भूकम्पमा परि एकजनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन्।