काठमाण्डाैँ,
फागुन १६, वैदेशिक राेजगार सम्बन्धि विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछी अब म्यानपावर कम्पनिकाे वेबसाइटमा समेत राख्नुपर्ने कुरा जनाएकाे छ।
साेमबार एक सुचना प्रकाशित गर्दै यस्ताे व्यवस्थाबारे बैदेशिक राेजगार विभागले जानकारी दिएकाे छ। यस्तै गरी विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ।
अब इजाजत प्राप्त संस्थाले विभागबाट स्विकृत बमाेजिमकाे विज्ञापनकाे पहिलाे पटककाे हककाे राष्ट्रिय दैनिक र त्यसपछिकाे विज्ञापन आ–आफ्नो संस्थाहरूकाे वेबसाइटमा राख्नुपर्ने छ। कामको नियमित अनुगमन समेत हुने भएको र त्यसो गरेको नपाइएमा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको पाइन्छ।








