काठमाण्डाैँ,
जेलमुक्त भई काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ । पल शाह आउनुभन्दा अगाडिनै उनका प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको हो ।
यस्तै पल शाह आउनुअगावै उनका स्वागत गर्नका लागी विमानस्थल आन्तरिक अगाडि ठुलाे भिड भएकाे थियाे।यस्तै युट्युबरहरू उनका ‘जेलजीवन पछिको पहिलो अन्तरवार्ता’ का लागि तयार भएर बसेका थिए। उनलाइ गाडी भित्र लगेकाे थाह पाएपछि गाडी निस्कने गेटमा भिड जम्मा भयाे र यस्ताे भिड हुदाँ पनि पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डिएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।
त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरलाइन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका हुन् र पललाई प्रहरीले लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए।