काठमाण्डाैँ,

काठमाण्डाैँमा रातकाे समयमा टाेखामा सहकारी चाेर्ने  कार्यमा संलग्न एक व्यक्ति प्रहरीले पक्राउ गरेकाे पाइन्छ।  नुवाकोटको बेलकोटगढी घर भई काठमाडौँको तारकेश्वरमा बस्ने रूप बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेका छन्।

माघ ३ गते उनले टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  उनलाई सोमबार  बसुन्धाराबाट चोरी गर्न प्रयोग भएको औजार तथा नगद सहित पक्राउ गरेको हो।