काठमाण्डाैँ,

फागुन २०, शनिवार प्रहरी कार्यालय सर्लाहीले सभ्य तरिकाले हाेली मनाउन आग्रह गरेका छन्।यस्तै हिन्दु धर्मलम्बीहरूकाे ठुलाे पर्व मध्य याे फागुन पुर्णिमा पनि पर्दछ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले  हाेली पर्वलाइ  भड्किलाे नबनाउन , सभ्य र सुरक्षित रूपमा यस पर्वलाइ मनाउन आम सर्वसाधारणलाइ अनुराेध गरेका छन्।

आत्मियरूपमा नजिककाे आफन्त र परिवारसँग मात्र हाेली मनाउन प्रहरीले बताएकाे छ। हाेलीकाे नाममा अपराधिक किर्याकलापहरू नगर्न समेत भनिएकाे छ।

यसै गरी , मादक पदार्थ सेवन गरी सवारी साधान नचलाउन, महिलाहरूलाइ महँगा गरगहना लगाइ हाेली नखेल्न,ट्रार्फिक नियमकाे पुर्ण पालना गर्न ,अशक्त, बालबालिका, महिला  तथा पर्यटकहरूलाइ  उनिहरूकाे अनुमति बिना कुनै जबरजस्ती नगर्न प्रहरीले भनेका छन्।  भिडभाडमा हाेली नखेल्न , रेलिङ नभएकाे छतमा नखेल्न प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेका छन्।

पछिल्लो समय होलीको नाममा विकृति बढेकाले होलि सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली पर्व मनाउन सर्लाहीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सर्लाही बासिलाई आग्रह गरे।सर्लाही प्रहरीले होली खेल्दा रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगर्न समेत सूबेदीको आग्रह गरेको छ ।

कुनै पनि भाषाको अश्चिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर नवजाउन, होली खेल्दा मनोरञ्जनको नाममा गाँजा, भांग, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न सर्लाही प्रहरी प्रमूख सुवेदीले आग्रह गरेको छन् ।

यदी कोही कसैले नियमको उलखंन गरेमा कानूनबमोजिम कारबाही गरिने र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न सर्लाही प्रहरीले अनुरोध गरेको छ