काठमाण्डाैँ,
फागुन २१,आइतबार ओखलढुंगाका चिसंखुगढीमा बाेलेराे दुर्घटनामा परी २ काे मृत्यु र ९जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आइतबार बिहान दियालेमा चिसंखुगढी गाउँपालिका ३ चापकाेटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जादैँ गरेकाे १ ज ८४७३ नम्बरकाे बाेलेराे दुर्घटना भएकाे जानकारी दिएका छन्।
दुर्घटनामा परी मिनबहादुर श्रेष्ठ र भक्त बहादुर थापाकाे मृत्यु भएकाे कुरा प्रत्यक्षदर्शी राजु शर्माले जानकारी दिएका छन्।साेही दुर्घटनामा परी गम्भिर घाइतेहरूलाइ उपचारकाे लागी नेपाली सेना नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ । यस्तै बाेलेराेले क्षमता भन्दाबढी यात्रु बाेकेकाे कारणले दुर्घटना भएकाे प्रहरीकाे अनुमान रहेकाे छ।