काठमाण्डाैँ,
सबै माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।
सबै माओवादीहरू एक ठाउँमा हुन सके विजय प्राप्त गर्न सकिन्छ भन्ने उनकाे बुझाइ हाे। फागुन २१,आइतबार काठमाण्डाैँमा प्रचण्डले सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको अन्तरक्रिया कार्यक्रममा एकताको अपिल गरेका हुन् ।
‘हामी फेरी एकपटक अहिले एकताबद्ध हुनपर्छ भन्ने आवश्यकता बोध जुन गरिएको छ, यो एउटा शक्ति हो भन्ने म ठान्छु । म सबै साथीहरुलाई यो विषयमा गम्भिरतापूर्वक विचार गर्न आग्रह गर्छु,’ उनले भने, ‘एकचोटी माओवादीहरु एक ठाउँमा भएर लाखौं जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन । त्यसको निम्ति म अपिल गर्न चाहान्छु ।’