काठमाण्डाैँ,
फागुन २१,आइतबार बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ।
मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको ज्यान गएको बाराका प्रहरीले जानकारी दिएकाे छ।
बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएको थियो। तर उपचार हुन नपाउँदै मियाँको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ।
बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ।