काठमाण्डाैँ,
नारीदिवसकाे अवसरमा आयोजना गरेकाे फटसल प्रतियाेगितामा महिला तथा बालिकाहरूकाे हाैसला बढाउन पुगेका अभिनेता प्रदिप खडकाले नारीलाइ हरेक समय सम्मान गर्नु नारीप्रतिकाे वास्तविक सम्मान भएकाे बताएका छन्।
सो कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रदीपले नारीलाई समाजको शक्ति रुपमा व्याख्या गरे।
‘नारीहरु समाजको शक्ति हुन। एक दिन मात्र होइन हरेक समय र पलमा नारीको सम्मान गर्न सकियो भने मात्रै नारी प्रतिको सम्मान देखिन्छ। तर, अझै पनि वास्तविक रुपमा भन्दा देखावटी रुपमा सम्मान गर्ने बढी हुनुहुन्छ। प्रेम, करुणा, सम्मान र हेर्ने नजर जबसम्म राम्रो बन्दैन। तबसम्म समाज बलियो र सभ्य बन्दैन,’ उनले भने।