काठमाण्डाैँ,
फागुन २५ गते । कुटपिटबाट पत्रकार चाैधरी घाइते भएका छन्।
जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा उहाँलाई उपचारका लागि भर्ना गरिएको छ । उहाँको टाउको, पिठ्युलगाएत शरीरका विभिन्न अङ्गमा चोट लागेको अस्पतालले जनाएको छ ।
पत्रकार चौधरी ग्रामीण भेगमा मनाइने होलीको समाचार संकलन र छायाँकनका लागि जलेश्वर नपा ५ स्थित चौरीया गाउँमा पुग्दा कुटपिट भएको हो । चौधरीलाई वियरको बोतलले टाउकोमा प्रहार गर्नुका साथै लात घुसा र चिरपटले प्रहार गरिएको छ ।
प्रहरी उपरीक्षक प्रकाश मल्लले घटनास्थलबाट भारत विहार मधुवनी जिल्लाका रंजित ठाकुरलाई नियन्त्रणमा लिएको जनाउनुभयो ।