काठमाण्डाैँ,
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएकाे हाे।
दुर्घटनास्त हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज बिहान भएकाे बस दुर्घटनामा परेकाकाे उद्धार भइरहेकाे बताए।
प्रहरीका अनुसार बा२ख ६५९६ नम्बरको यात्रुवाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ। हाल सम्म मृतक र घाइतेकाे नाम नखुलेकाे प्रहरीले बताएका छन्।