काठमाण्डाैँ,

पाेखारामा चितुवाकाे आक्रमणबाट दुइजना घाइते भएका छन्। वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जाेशीका अनुसार बुधबार बिहान भकुण्डेमा ध्रुव थापाले चलाइरहेकाे कालिज फार्ममा चितुवा पसेर त्यहाँकाे कामदारहरूलाइ आक्रमण गरेकाे हाे।

कालिज फार्ममा पसेको चितुवाको आक्रमण गर्दा पोखरा १८ मा दुईजना घाइते भएका छन् । कास्की रुपा गाउँपालिका ४ बस्ने  २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षे राजेश तिमिल्सिना चितुवाको आक्रमणबाट घाइते भएकाे जाेशीले जनाएकाे छ।

चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरूमाथि आक्रमण भएकाे हाे। उनीहरूको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको जाेशीले जानकारी दिएका छन्। यस्तै चितुवा खाेज्दा मृत अवास्थामा झाडीमा भृटिएकाे पनि प्रहरीले बताएका छन्। प्रहरीले मृत चितुवा जिल्ला वन कार्यालय कास्कीलाइ जिम्मा लागाएकाे छ।