काठमाण्डाैँ,
सेलेब्रिटीहरूको गसिपका विषयमा भिडियो बनाउने युट्युबरबाट सांसद बनेका जापानका एक नेतालाई एक दिन पनि बैठकमा उपस्थित नभएको भन्दै निष्काशन गरिएको छ ।
जापानको ७० वर्षभन्दा बढीको संसदीय अभ्यासमा निष्काशित हुने उनी पहिलो सांसद हुन् ।गासी भनेर चिनिने योशिकाजु हिगाशितानीलाई मार्च महिनाको आरम्भमा अनुपस्थितिका लागि माफी माग्न निर्देशन दिइएको थियो । तर सेइजिका जोशी ४८ नामक सानो दलका सांसद हिगाशितानी त्यस संसदीय सत्रमा पनि उपस्थित भएनन् ।
सन् २०२२ को जुलाई महिनामा भएको निर्वाचनपछि हिगाशितानीले एकपटक पनि हाउस अफ काउन्सिलर्समा पाइला राखेका छैनन् ।
जापान आउँदा आफू पक्राउ पर्ने भएकाले उनी दुबइमा रहेकाे आफ्नो घरमा बसिरहेका छन् । पक्राउ पर्ने डरले जापान नआएको उनको जिकिर छ । जापानमा उनीविरुद्ध मानहानिको मुद्दा चलिरहेको छ ।








